७ आश्विन २०७८, बिहीबार   406 पटक हेरिएको


image

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असोज २५ गतेबाट हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।बैंकले १०:३ को अनुपातमा १०० रूपैयाँ अंकित दरमा  २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत साउन ३१ अनुमति पाएको हो ।

बैंकले हकप्रद शेयर जारी गर्ने प्रयोजनका लागि असोज १ गते १ दिनका लागी  बुकक्लोज गरेको थियो ।त्यसकारण, भाद्र ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न पाउनेछन् ।

बैंकले हकप्रद शेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।





सम्बन्धित समाचार