७ आश्विन २०७८, बिहीबार   154 पटक हेरिएको


image

सानिमा बैंकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको असोज ६ गते बुधबार बसेको बैठकले बैंकको शेयरधनिहरुलाई बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र नगद लाभांश ०.८९ प्रतिशत (कर प्रयोजनको लागि) प्रस्ताव गरेको हो ।उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले परित गरेपछि शेयरधनीले पाउनेछन् ।





सम्बन्धित समाचार