६ आश्विन २०७८, बुधबार   223 पटक हेरिएको


image

आजबाट बिक्री खुल्ला भएको साहस उर्जा लिमिटेडको साधारण शेयरमा पहिलो दिन नै १.२१ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।यस कम्पनीको साधारण शेयर निष्कासन बन्द छिटोमा असोज १० गते र ढिलोमा असोज २० गते बैंकिङ समय सम्म रहने छ। 

यस कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता शेयर असोज ६ गते आजबाट निष्कासन गरेको हो। कुल कित्तामध्ये ५% ले हुने ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको तथा ३% ले हुने २ लाख १० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ भने बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आज साँझ ५ बजेसम्म ५ लाख १८ हजार ८७२ आवेदकबाट कुल ७७ लाख ९१ हजार ५८० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ।

जुन सर्वसाधारणसँग आवेदन माग गरेको तुलनामा १.२१ गुणाले बढी हो। यो साधारण शेयरमा न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ।

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट तथा मेरो शेयर एप र पोर्टलबाट पनि आवेदन दिन सक्नेछन ।





सम्बन्धित समाचार