६ आश्विन २०७८, बुधबार   193 पटक हेरिएको


image

एनएमबि हाइब्रिड फण्ड एल_१ र एनएमबि फिफ्टीले नगद लाभांश इकाईधनीहरुको बैंक खातामा आजबाट जम्मा गर्ने भएको छ।एमएमबि हाइब्रिड फण्ड एल १ ले आज असोज ६ गते देखि बैंक खातामा प्रतिफल जम्मा गर्नेछ भने एनएमबि फिफ्टीले भोलि असोज ७ गते देखि जम्मा गर्ने भएको छ।

एनएमबि हाइब्रिड फण्डले आर्थिक वर्ष २०७७/०७८ को लागि योजनाका इकाईधनीहरुलाई २० प्रतिशत कर सहितका दरले र एनएमबि फिफ्टीले ३० प्रतिशत करसहितका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

यी दुबै फण्डले लाभांश वितरणको लागी  भाद्र १८ गते बुकक्लोज गरेको थियो। सोही अनुसार भाद्र १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले लाभांश प्राप्त गर्ने छन ।





सम्बन्धित समाचार