१३ कार्तिक २०७७, बिहीबार   25 पटक हेरिएको


image

बड़ादशैंको विदापछि खुलेको शेयर कारोबारमा  उत्साहजनक रुपमा सुरुवात भएको  छ । साता को अन्तिम दिन बिहिवार नेप्से परिसूचक सामान्यतया स्थीर हुन पुग्यो । दशैं पछिको पहिलो दिन हिजो उछाल आएको शेयर बजारमा आज भने १.७८  अंकले घट्न पुगेको छ । तर पनि तीन अर्ब भन्दा बढिको शेयर कारोबार गरेर दोस्रो बजारमा उत्साह थपेको छ ।

बुधबार ४१.२० अंकले बढेको नेप्से बिहिवार १.७८ अंकले घटेर लगभग स्थीर हुन पुगेको छ । बिहिवार नेप्से परिसूच १६४५.६७ अंकमा पुगेको छ । बिहिवार १९२ वटा कम्पनीको एक करोड तीन लाख ६५ हजार ६०७ कित्ता शेयर तीन अर्ब तीन करोड ७६ लाख ९४ हजार ८४५ रुपैयाँको शेयर कारोबार भएको छ ।

दशैं बिदामा कार्यालय समेत धेरै नखुलेको बेला सर्वाधिक कारोबार भएपछि लगानीकर्ताहरु निकै उत्साहित देखिएका छन् । दोस्रो बजारमा शेयर मूल्य र कारोबार दुवैमा छलाङ् मार्ने क्रममा रहेकोले आगामी दिनमा शेयर बजार अझै विस्तार हुने विश्लेषण गरिएको छ ।कोरोना कहर र बिभिन्न पेशामा लगानी गर्ने तत्काल अवस्था नरहेकोले आगामी दिनमा अझै बढ़ने शेयर बिश्लेश्कहरु बताऊछन । साधारण शेयर (IPO ) भर्ने लगानीकर्ता को यही अवस्थामा नै हेर्ने हो भने आगामी दिनमा दोश्रो बजारमा लगानी गर्ने लगानीकर्ता बढ़ने राम्रो संकेत रहेको हो शेयरबजार संग जानकारहरु बताऊछन ।





सम्बन्धित समाचार