५ आश्विन २०७८, मंगलवार   130 पटक हेरिएको


image

नेपाल ल्यूब आयलको शेयरमूल्य समायोजन भएको  छ। कम्पनीले साधारण सभा प्रयोजनका लागी बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।कम्पनीको ३० प्रतिशत बोनस शेयर समायोजन भएको हो।

नेप्सेले सूचनामा भने १० प्रतिशत समायोजन गरिएको उल्लेख गरेको छ। सूचनामा १० प्रतिशत लेखिएपनि समायोजन भने ३० प्रतिशतको नै गरिएको छ।

कम्पनीको शेयर मूल्यसमायोजन पश्चात २४३ रुपैयाँ तोकिएको छ। अघिल्लो कारोबार दिन सोमबार कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३१६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।कम्पनीले ३० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कम्पनीको २९ औँ बार्षिक साधारण सभा आऊदो असोज १८ गते साधारण सभा बोलाएको छ।

सोही प्रयोजनार्थ कम्पनीले असोज ५ गतेदेखि १८ गतेसम्म बुकक्लोज गरेको हो।





सम्बन्धित समाचार