PalikaExpress
४ आश्विन २०७८, सोमबार
506 पटक हेरिएको

नेपाल क्लियरिङ हाउस लिमिटेडले चेक क्लियरिङ गर्ने समय बढाएको छ । यसअघि बिहान १० बजेदेखि दिउँसो १ बजे सम्ममात्र यो सेवा सञ्चालन हुदै आएकोमा डिजिटल भुक्तानी गर्ने क्रम अत्याधिक मात्रामा बढ्न थालेपछि विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म पुर्याएको हो ।
अब अन्तरबैंक भुक्तानी प्रणाली एनसीएचएल आईपीएसमा ३ बजेसम्म कारोबार हुने भएको छ ।नयाँ व्यवस्थाअनुसार आइतवारदेखि बिहीवारसम्म आईपीएस प्रणाली बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।
नयाँ व्यवस्था अनुसार अब एनसीएचएल आईपीएस प्रणालीमा बिहानको ९ बजेदेखि दिनको ३ बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा नै फर्छौट हुने छ । उक्त प्रणाली मार्फत प्रति कारोबार २० करोड रुपैयाँसम्मको भुक्तानी गर्न सकिने भएको छ ।
