४ आश्विन २०७८, सोमबार   232 पटक हेरिएको


image

हिन्दू धर्मावलम्बीहरुको महान पर्व बड़ा दसैँको लागी हरेक बर्ष नेपाल राष्ट्र बैंकबाट नयाँ नोट साट्न पाइनेमा यो बर्षको लागी आजबाट नयाँ नोट साट्न पाइने भएको छ।

उपत्यका भित्र नेपाल राष्ट्र बैंकले बिभिन्न वाणिज्य बैंकहरु तथा तोकिएका शाखा कार्यालय मार्फत नयाँ नोट साट्ने सक्ने जनाएको छ। त्यसैगरी उपत्यकाबाहिर पनि वाणिज्य बैंकहरुले तोकेको शाखा कार्यालयहरुबाट तथा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सातवटै प्रदेशको प्रादेशिक कार्यालयमा सहटीको व्यवस्था गरिएको केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

दसैँका लागि बैंक तथा वित्तीय संस्थाहरुमा ३ अर्ब ६० करोड रुपैयाँबराबरको नयाँ नोट बजारमा पठाएको छ।राष्ट्र बैंकका अनुसार एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँसम्म नयाँ सटही गर्न पाउनेछन्। जसअनुसार हरेक ब्यक्तिले रु. ५, रु.१०, रु.२०, रु.५० र रु.१०० दरका १८ हजार ५०० सम्म साट्न पाउने छन। 

नयाँ नोट सटही गर्न जाँदा नेपाल सरकार तथा स्थानीय प्रशासनले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड तथा सामाजिक दूरीको पूर्ण पालना गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ।

बिस्तृत बिबरण:-





सम्बन्धित समाचार