३ आश्विन २०७८, आईतवार   225 पटक हेरिएको


image

असोज-३ गते, ङादी ग्रुप पावर लिमिटेडको ८ औ वार्षिक साधारण सभा आज असोज ०३ गते आइतवार सम्पन्न भएको छ।पावर कम्पनीको बार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।

सो सभाले बोनश शेयर २० प्रतिशत र नगद लाभांश १.०५ प्रतिशत (कर प्रयोजनको) लागि कुल २१.०५ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा २० प्रतिशत बोनश शेयर वितरण पछि २०० प्रतिशत अर्थात् १:२ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित भएको छ ।

सभाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित तथा आ.व.२०७८/०७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।





सम्बन्धित समाचार