३ आश्विन २०७८, आईतवार   166 पटक हेरिएको


image

प्रभु क्यापिटल लिमिटेडले १३ औँ वार्षिक साधारणसभा बोलाएको छ।प्रभु क्यापिटल लिमिटेडको सञ्चालक समितिको १६० औ बैठकले वार्षिक साधारणसभा यही असोज १६ गते गर्ने भएको छ ।

कम्पनीको बार्षिक साधारण सभा काठमाण्डौमा बिहान ११ बजेबाट हुनेछ। सोही सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापूँजीको २२.३८८५ प्रतिशतले हुन आउने बोनस सेयर र १७.६१ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) लाभांश अनुमोदन गर्नेछ।

सो सभाले बोनस सेयर वितरणपछि क्यापिटलको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्ने सम्बन्धी प्रस्ताब ऊपर छलफल गरी पारित गर्नका साथै प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने आदि बिषय प्रस्ताव अनुमोदन गर्नेछ।

सोही सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिबेदन,लगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गर्नेछ।

बिस्तृत बिबरण:-





सम्बन्धित समाचार