३ आश्विन २०७८, आईतवार   211 पटक हेरिएको


image

अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडको संचालक समितिको असोज १ गते बसेको बैठकको निर्णयानुसार कम्पनीको ५ औ बार्षिक साधारण सभा असोज २४ गते काठमाण्डौमा हुने भएको छ ।

सभाले आ.ब. २०७७/०७८ को संचालक समितिको बार्षिक प्रतिबेदन अनुमोदन गरी पारित गर्ने ,बित्तीय बिबरण (वासलात,नाफा नोक्सान हिसाब ,नगद प्रबाह बिबरण आदि)लाई पारित गर्ने ,आ.ब . २०७८/०७९ को लागी लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने र नयाँ संचालक समितिको गठन गर्ने छ ।

त्यसै सभाले सर्ब साधारणको लागी शेयर जारी गर्न र पूँजी बृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र संचालक समितिलाई बिभिन्न निकायमा परिमार्जन ,संशोधन ,तथा सच्याउन परेमा गर्नु पर्ने सम्पूर्ण कार्य संचालक समितिलाई अख्तियारी दिने आदि कार्य  सोही सभामा पारित गर्ने भएको छ ।

बिस्तृत बिबरण:-





सम्बन्धित समाचार