२ आश्विन २०७८, शनिबार   170 पटक हेरिएको


image

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २० औं वार्षिक साधारण सभा असोज २३ गते हुने भएको छ ।  कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको ३०० औ  बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा चितवन गार्डेन रिसोर्ट चितवनमा बिहान ११ बजे देखि हुने भएको छ । सभाले आर्थिक वर्ष २०७७/०७८ को संचित नाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र  नगद लाभांश १.०५३ प्रतिशत (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको साधारण सभा र लाभांश प्रयोजनका लागि असोज १२ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ ।त्यसकारण असोज ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

बिस्तृत बिबरण:-





सम्बन्धित समाचार