PalikaExpress
२ आश्विन २०७८, शनिबार
548 पटक हेरिएको

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्कासन तथा बिक्री खुल्ला गरेको ४ लाख कित्ता आईपीओ बाँडफाँट गरेको छ ।
यस हाइड्रोपावरको आईपीओको बाँडफाँट निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडमा भएको हो । हाइड्रोपावर कम्पनीले गत साउन ३२ गते देखि भाद्र १५ गतेसम्म निष्कासन गरेको थियो ।
उक्त आईपीओमा ४९ हजार ३१० जना आवेदकले ३२ लाख ९ हजार १०३ कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीले माग भन्दा बढी आवेदन परेपछि गोला प्रथाद्वारा आईपीओ बाँडफाँट गरिएको हो ।
४९ हजार ३१० जना आवेदकमध्ये ४० हजार आवेदकले १० कित्ताका दरले आईपीओ पाएका छन् भने ९ हजार ३ सय १० जनाको हात खाली भएको छ। यस हाइड्रोपावरको नतीजा हेर्नको लागी civilcapitalmarket.com/ipo/ बाट हेर्न सकिने छ ।