२ आश्विन २०७८, शनिबार   317 पटक हेरिएको


image

साहस उर्जा लिमिटेडले असोज ६ गते देखि सर्व-साधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।यस ऊर्जा कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्य भएको  ७० लाख कित्ता साधारण शेयरको ७० करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्काशन गर्न लागेको हो।

कुल निष्काशन गर्न लागेको  शेयर मध्ये ३% अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५% अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणले आवेदन दिन सक्नेछन्।यस कम्पनीको शेयरमा  छिटोमा असोज १० गते र ढीला मा असोज २० गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

ईच्छुक लगानीकर्ताले सो शेयरमा न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। यस कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

ईच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु,मेरो शेयर एप  तथा पोर्टलबाट आवेदन दिन सक्नेछन्।

अहिले डीम्याट खाता खोल्नेको संख्या ४३ लाख ७४ हजार नाघीसकेकोले यस कम्पनीको शेयरमा आबेदन न्यूनतम १० कित्ताको लागि दिनु उपयुक्त हुने देखिन्छ।





सम्बन्धित समाचार