१ आश्विन २०७८, शुक्रबार   206 पटक हेरिएको


image

ग्लोबल आइएमई बैंक लिमिटेडको ‘८.५% ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ ऋणपत्रको ३० लाख कित्ता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

यस ग्लोबल आइएमई बैंकको १० वर्ष अवधि रहेको यस ऋणपत्रमा बार्षिक ८.५० प्रतिशतका दरले ब्याज प्रदान गर्नेछ । यस ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले (इक्रा–आईआर) एलए रेटिङ प्रदान गरेको छ।

यस रेटिङले ऋणपत्रमा गरिएको लगानीमा जोखिम अत्यन्तै न्यून रहेको जनाउँदछ। ग्लोबल आईएमई बैंक लिमिटेडको रेटिङलाई पनि रेटिङ एजेन्सी इक्रा नेपालले हालै (‘इक्रा–आईआर) ए माइनस’ बाट ‘(इक्रा–आईआर) ए’ मा स्तरवृद्धि गरेको थियो। 





सम्बन्धित समाचार