१ आश्विन २०७८, शुक्रबार   175 पटक हेरिएको


image

नबिल बैंक लिमिटेड कोष प्रबर्द्धक, योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड -२ र नबिल इक्विटी फण्डले आफ्ना इकाईधनीहरुलाई लाभांश वितरण गर्ने प्रयोजनका लागी असोज ११ गते (१ दिन) बुकक्लोज मितितय गरेको छ ।

त्यसकारण बुक क्लोजको आधारमा असोज १० गतेसम्म कायम इकाईधनीहरु मात्र यी फण्डहरुको प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् । 

नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको भाद्र २२ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को नबिल ब्यालेन्सड् फण्ड-२ को लागि कर समेत ३५ प्रतिशत र नबिल इक्वीटी फण्डको लागि कर समेत ४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।





सम्बन्धित समाचार