PalikaExpress
१ आश्विन २०७८, शुक्रबार
393 पटक हेरिएको

विकास हाइड्रोपावरले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । हाइड्रोपावर कम्पनीले १०० रुपैया अंकित दरमा १३ लाख ८८ हजार ५०० कित्ताको १३ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ ।
यस कम्पनीले शेयर निष्काशनका लागि विक्री प्रबन्धकमा लागि प्रभु क्यापिटल लिमिटेडलाइ नियुक्त गरेको छ । कम्पनीले गोरखा जिल्लाको दार्चे गाउँपालिकामा अवस्थित माछाखोलामा अपर माछाखोला स्मल हाइड्रोपावर आयोजनामा ४.५५ मेगावाट क्षमताको निर्माण गरिरहेको र कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ ।