३१ भाद्र २०७८, बिहीबार   206 पटक हेरिएको


image

अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  । कम्पनीले लाभांशका साथ साथै हकप्रद सेयरको पनि घोषणा गरेको छ । 

कम्पनीको आज भाद्र ३१ गते बिहीबार बसेको सञ्चालक समितिको २४ औ  बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र नगद ०.५२६ प्रतिशत (कर प्रयोजनका लागि)  गरी जम्मा १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

त्यसैगरी, हाईड्रोपावर कम्पनीले बोनस सेयर वितरण गरे पश्चात् ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने घोषणा पनि गरेको छ ।कम्पनीले सो लाभांश वितरण प्रयोजनको लागि असोज ११ गते बुकक्लोज गर्ने भएको छ ।

त्यसकारण,बुक क्लोजको अधिल्लो दिन  असोज १० गतेसम्म नेप्सेमा कारोबार  भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बिस्तृत बिबरण:-





सम्बन्धित समाचार