१३ कार्तिक २०७७, बिहीबार   101 पटक हेरिएको


image

रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजे-१०० विमानमा आगलागी भएको हो । विमानमा कुल ७८ यात्रु र चालक दलका ५ सदस्य पनि थिए अस्पतालमा उपचाररत ६ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।उडेको केहीबेरमै प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर आकस्मिक अवतरण गराइएको थियो । अवतरण गर्दागर्दै विमानको इन्जिनमा आगो लागेको थियो । सामाजिक सन्जालमा पोष्ट गरिएको भिडियोमा जहाज अवतरण गरिर हेको बेला पछाडिको भागमा आगो दन्किरहेको र कालो धुवाँको मुस्लो उडिरहेको देखिन्छ ।





सम्बन्धित समाचार