३० भाद्र २०७८, बुधबार   66 पटक हेरिएको


image

युनिलिभर नेपाल लिमिटेडको दुई आर्थिक वर्ष २०६९/०७० र २०७१/०७२ को भुक्तानी हुन बाँकी रकम क्रमशः रु.१८,९८,८६० र रु.४७,४०,१२० जम्मा ६६ लाख ३८ हजार ९८० रूपैयाँ बराबरको वितरण हुन बाँकी लाभांश लिन शेयरधनीहरुलाई कम्पनीले अनुरोध गरेको छ । 

उक्त आ.ब को पुर्जा बुझीलिई लाभांश रकम भुक्तानी लिन बाँकी रहेको सम्बन्धित शेयरधनी वा निजको हकवालाहरुले हालसम्म पनि लिन नआएकाले कम्पनीले यथाशिघ्र उक्त लाभांश बुझिलिन सम्बन्धीत शेयरधनीहरुलाई अनुरोध गरेको छ । 

युनिलिभर नेपाल लि. कम्पनीले एक सूचना जारी गर्दै आगामी ३० दिनभित्र आफ्नो शेयर प्रमाणपत्र साथ कम्पनीको शेयर रजिष्ट्रार सनराइज क्यापिटल काठमाडौंमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

यदि कम्पनीले दिएको सो अवधि भित्र लाभांश लिन नआएमा उक्त लाभांश कम्पनी ऐनको दफा १८३ बमोजिम लगानी संरक्षण कोषमा जम्मा हुने जानकारी समेत कम्पनीले दिएको छ ।





सम्बन्धित समाचार