३० भाद्र २०७८, बुधबार   119 पटक हेरिएको


image

साहस उर्जा कम्पनी लिमिटेडले साउन २९ गते देखि भाद्र ११ गते सम्म निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण शेयरको बाड़फाड़ यही भाद्र २८ गते गरेको छ ।

कम्पनीको उक्त साधारण शेयर आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दाहरुका लागि लागि निष्काशन गरेको थियो। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका दरले ३५ लाख कित्ताको ३५ करोड़ रुपैया बराबरको  साधारण शेयर निष्काशन गरेको हो।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।साधारण शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ।

यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।कम्पनीले पहिलो पटक आयोजना प्रभावित स्थानीय बासिन्दालाई ३५ लाख कित्ता र दोस्रो पटकमा सर्बसाधारणलाई ७० लाख कित्ता शेयर आऊदो असोज ६ गते बाट जारी गर्ने लागेको छ ।

बिस्तृत बिबरण :





सम्बन्धित समाचार