
घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ ।संस्थाले घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी निर्णयको लागि असोज १६ गते कैलालीमा विशेष साधारण सभा गर्ने भएको हो ।
दुवै लघुबित्त संस्था बीच गत कार्तिक २१ गते गाभिने सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको थियो । त्यसैले, बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम नेप्सेमा घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबार रोक्का रहेको छ ।
घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड १:०.५० को अनुपातमा मर्ज हुन लागेका हुन् । विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्तावहरू पारित गर्नेछ ।सोही सभाले लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने आदि कार्यहरु गरी पारित गर्ने जनाएको छ।
बिस्तृत बिबरण:-
