२८ भाद्र २०७८, सोमबार   214 पटक हेरिएको


image

भोलीबाट ज्योति विकास बैंक र प्रभु इन्सुरेन्स कम्पनी लिमिटेड २ वटा कम्पनीको संस्थापक समूहको शेयर लिलाम बढाबढ (बोलकबोल) गरी बिक्री खुल्ला गरिने भएको छ । 

ज्योति विकास बैंक लिमिटेडको २९ हजार २ सय ५० कित्ता र प्रभु इन्सुरेन्स कम्पनी लिमिटेडको ६ हजार ३६ कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री गरिने भएको छ यो २ कम्पनीको शेयर मूल्य  ज्योति विकास बैंकको न्यूनतम मूल्य १४५ रूपैयाँ र प्रभु इन्सुरेन्स कम्पनी लिमिटेडको न्यूनतम मूल्य ३ सय ५० रूपैयाँ तोकिएको छ ।

लगानीकर्ताले दुवै कम्पनीको सेयरमा न्युनतम १००० कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि आबेदन दिन सकिने जनाएको छ ।यो कम्पनीहरुको शेयरमा कार्तिक ३ गतेसम्म आवेदन दिन सक्नेछन् । 

यी दुई कम्पनीको शेयर  निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। ईच्छुक लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

बिस्तृत बिबरण:-





सम्बन्धित समाचार