२८ भाद्र २०७८, सोमबार   807 पटक हेरिएको


image

अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको  छ।कम्पनी सञ्चालक समितिको भदौ १७ गते बसेको संचालकसमितिको २३८ औ बैठकले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को १२ औँ र १३ औँ वार्षिक साधारणसभा आउँदो असोज १९ गते मंगलवार काठमाण्डौमा भर्चुअल माध्यमबाट बिहान ११:३० बाट सुरु हुने जनाएको छ। 

सो सभाले २ आर्थिक वर्षको वार्षिक प्रतिबेदन , लेखापरीक्षकको प्रतिवेदन लगायतका अन्य महत्वपूर्ण प्रतिवेदनहरु सोही सभाले अनुमोदन गर्नेछ। सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

 सभा प्रयोजनका लागि कम्पनीले आउँदो असोज ४ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। अर्थात बुक क्लोजको अघिल्लो कारोबार सम्मको शेयरलगानीकर्ताले सो सभामा भाग लिन सक्ने छन।  

बिस्तृत बिबरण:





सम्बन्धित समाचार