२८ भाद्र २०७८, सोमबार   266 पटक हेरिएको


image

हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) ले गत साउन ५ गतेबाट भाद्र ८ गते सम्म निष्कासन तथा बिक्री खुल्ला गरेको हकप्रद शेयरको बाँडफाँड गरेको छ ।

यस हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले १:१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।

यस कम्पनीको शेयरमा १ लाख ९६ हजार ४ सय २४ जना शेयरधनीहरूलाई ७ करोड़ ३७ लाख ७० हजार २ सय ७६ कित्ता सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

 साथै आफ्नो कायम हक़ भन्दा बढ़ी शेयर माग गरी दरखास्त दिने आबेदकहरुको हक़मा बांडफाँडमा नपरेको हकप्रद शेयर बापतको रकम भाद्र ३१ गते बाट फिर्ता गर्ने जनाएको छ।

HIDCL कम्पनीको हकप्रदमा बिक्री नभएको ३ करोड़ ६२ लाख २९ हजार ७ सय २४ कित्ता अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्नेछ । 





सम्बन्धित समाचार