२७ भाद्र २०७८, आईतवार   188 पटक हेरिएको


image

अरुण काबेली पावर कम्पनीले ११ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ  ।कम्पनीको बार्षिक साधारण सभा भाद्र २६ गते काठमाण्डौमा सम्पन्न भएको छ ।

सो सभाले १७ प्रतिशत बोनस शेयर र ०. ८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।कम्पनीले १ : १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीको बार्षिक साधारण सभा र लाभांश वितरणको लागि बुकक्लोज भाद्र १५ गते देखि २५ गते सम्म बन्द गरेको थियो । यसैको आधारमा भाद्र १४ गतेसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्न सक्ने छन् ।





सम्बन्धित समाचार