२६ भाद्र २०७८, शनिबार   83 पटक हेरिएको


image

अपि पावर कम्पनी लिमिटेडको १८ औ वार्षिक साधारण सभा भाद्र २५ गते काठमाडौँमा भर्चुअल माध्यम मार्फत सम्पन्न भएको छ ।

सभाले सञ्चालक समितिको बैठकले निर्णय गरे बमोजिम आ.ब. २०७७/०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सभाले बोनस शेयर वितरणपश्चात् कायम चुक्ता पूँजीको १ बराबर ०.३९३६ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि पारित गरिएको छ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष द्वारा पेश गरिएको २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गरिएको छ ।  

यसै सभामा हकप्रद शेयर जारी गर्दा नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिएको छ । 





सम्बन्धित समाचार