२५ भाद्र २०७८, शुक्रबार   263 पटक हेरिएको


image

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो विशेष साधारण सभा असोज ८ गते बोलाएको छ । संस्थाको यही भाद्र १९ गते बसेको कम्पनीको सञ्चालक समितिको ४६ औ बैठकले विशेष साधारण सभा असोज ८ गते गर्ने निर्णय गरेको हो।

लघुवित्त कम्पनीको कोहलपुर स्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट शुरु हुने भएको छ ।सभाले युनिक नेपाल र घोडीघोडा लघुवित्त आपसमा गाभ्ने वा गाभिने सम्बन्धी विशेष प्रस्ताव अनुमोदन समेत गर्नेछ। 

सभाले थप सार्वजनिक निष्कासन(FPO) जारी गर्ने प्रस्ताव उपर छलफल गरि पारित गर्नुका साथै भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/ गाभिने तथा प्राप्ति हुने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था बनाउन प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।





सम्बन्धित समाचार