२५ भाद्र २०७८, शुक्रबार   195 पटक हेरिएको


image

तेह्रथुम पावर कम्पनी लिमिटेडले भदौ ९ गतेबाट भदौ १३ गते सम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज भाद्र २५ गते हुने भएको छ । 

यस कम्पनीको शेयरमा आबेदन २३ लाख ९६ हजार ३ सय ४८ जना आवेदकले ३ करोड़ १२ लाख ४६ हजार ९ सय १० कित्ताका लागि आवेदन दिएका थिए ।यो आवेदन सर्वसाधारणका लागि माग गरिएको भन्दा ४२ गुणा बढी हो ।

पावर कम्पनीले सर्व-साधारणहरुका लागि ८ लाख कित्ताको ८ करोड रुपैयाँ बराबरको शेयरको बिक्री खुल्ला गरेको हो ।जसमध्ये ५% अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २% अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्व-साधारणलाई छुट्याइएको छ।

यस कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेको छ।यस कम्पनीको शेयर जम्मा १० कित्ताको दरले पनि भाग्यमानी  ७४ हजार ४ सय जनाले प्राप्त गर्ने छन भने बाँकी २३ लाख ३० हजार भन्दा बढ़ीको हात खाली हुने पक्का नै रहेको छ ।





सम्बन्धित समाचार