२५ भाद्र २०७८, शुक्रबार   144 पटक हेरिएको


image

मेगा बैंक कोष प्रवर्द्धक र योजना व्यवस्थापक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको मेगा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘मेगा म्युचुअल फन्ड–१’ भाद्र ४ गते देखि १० गतेसम्म विक्री गरेको मेगा म्युचुअल फण्ड–१ को इकाई बाँडफाँड गरेको छ । 

१० रुपैयाँ अंकित दरका कुल १० करोड कित्ता निष्कासन गरेकोमा मागभन्दा बढी आवेदन पर्न आएकाले २५ प्रतिशत इकाई थप गरी बाँडफाँट गरिएको क्यापिटलको जनाएको छ ।

क्यापिटलले भाद्र २३ गते १२ करोड ५० लाख इकाई बाँडफाँट गरेको हो । बाँडफाँटका क्रममा भने २५ प्रतिशत अर्थात् २ करोड ५० लाख कित्ता थप गरी १२ करोड ५० लाख कित्ता इकाई वितरण गरिएको हो ।

यस इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि एक करोडसम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था थियो । 





सम्बन्धित समाचार