२५ भाद्र २०७८, शुक्रबार   326 पटक हेरिएको


image

नबिल बैंक कोष प्रबर्धक , योजना ब्यबस्थापक नबिल इन्भेस्टमेंट बैंकिंग लिमिटेडले नबिल म्यूचुअल फण्ड अन्तर्गत “नबिल ब्यालेन्सड फण्ड -३” नामक बन्दमुखी म्युचुअल फण्ड  आज भाद्र २५ गते बाट खुल्ला गर्ने भएको छ।

यस योजना बन्द छिटोमा भाद्र २९ गते र ढिलोमा असोज ८ गते सम्म रहेको छ। यस म्युचुअल फण्डले १० रुपैयाँ अंकित दरका १० करोड़ कित्ता सार्बजनिक रुपमा बिक्रीका लागि खुल्ला गर्न लागेको छ ।

उक्त निष्काशन गर्न लागेको कित्ता मध्य १४ प्रतिशत १ करोड़ ४० लाख कित्ता कोष प्रबर्धक कम्पनी नबिल बैंक तथा १ प्रतिशत कित्ता १० लाख कित्ता योजना ब्यबस्थापक नबिल इन्भेस्टमेंट बैंकिंग लि.ले सुरक्षित राखी बाँकी ८ करोड़ ५० लाख कित्ता   बिक्री तथा निष्काशन गर्न लागेको हो।

लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम १ करोड़  कित्ता सम्मको लागि आबेदन दिन सक्नेछन।योजना ब्यबस्थापक नबिल इन्भेस्टमेंट बैंकिंग लि. फण्ड म्यानेजर रहेको “नबिल ब्यालेन्सड फण्ड -३” नामको बन्दमुखी फण्डले १० करोड़ कित्ता निश्कासनको अनुमति नियामक निकाय नेपाल धितो पत्र बोर्डबाट यही साऊन २९ गते निष्काशनको अनुमति पाएको थियो।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा बित्तीय संस्था र तिनका शाखा कार्यलय , मेरो शेयर एप तथा पोर्टलबाट पनि आबेदन दिन सक्ने छन ।

बिस्तृत बिबरण तल दिएको छ :





सम्बन्धित समाचार