२४ भाद्र २०७८, बिहीबार   137 पटक हेरिएको


image

सानिमा बैंक लिमिटेड कोष प्रबर्धकं तथा सानिमा क्यापिटल लिमिटेड योजना ब्यबस्थापक /डिपोजटरी रहेको सानिमा म्यूचुअल फण्ड अन्तर्गत संचालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्ड नामक योजनाहरुको बुक क्लोज मिति तय भएको छ ।

योजना ब्यबस्थापक कम्पनीको संचालक समितिको भाद्र १५ गते बसेको बैठकको निर्णयानुसार आ.ब.२०७७/०७८ को मुनाफा तथा सो अबधि सम्म रहेको संचित कोष समेतबाट योजनाको ईकाईधनिहरुलाई कर सहित सानिमा इक्विटी फण्डको ३३ प्रतिशत र सानिमा लार्ज क्याप फण्डको ४ प्रतिशत का दरले लाभांश बितरण गर्ने भएको छ ।

लाभांश बितरण गर्ने प्रयोजनका लागी बुक क्लोज मिति २०७८ असोज १ गते  (एक) १ दिनका लागी बन्द गर्ने भएको छ । जस अनुसार भाद्र ३१ गते सम्म नेप्सेमा  कारोबार भई नियमानुसार शेयर नामसारी भई आएका ईकाईधनिले सो लाभांश प्राप्त गर्ने सक्ने छन ।  

बिस्तृत बिबरण तल दिएको छ :-

 





सम्बन्धित समाचार