२४ भाद्र २०७८, बिहीबार   121 पटक हेरिएको


image

एक्सेल डेभलपमेंट बैंक लिमिटेडले असोज १६ गते कम्पनीको १५ औ बार्षिक साधारण सभा डाकेको छ ।कम्पनीको सन्चालक समितिको भाद्र २२ गते बसेको बैठकले गरेको निर्णय अनुसार असोज १६ गते बार्षिक साधारण सभा मिति तय गरेको हो।

सो सभाले आ.ब. २०७६/०७७ को बार्षिक प्रतिबेदन सहित बिभिन्न बित्तीय बिबरण पारित गर्नुका साथै आ.ब २०७७/०७८ का लागी लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

कम्पनीले आफ्ना शेयरधनिलाई गत आ.ब को बितरणयोग्य मुनाफ़ाबाट १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनकालागी ०.६३ प्रतिशत नगद लाभांश बितरण गर्ने यसै सभाले पारित गर्ने छ ।

साधारण सभा प्रयोजनका लागी कम्पनीले असोज १ गते देखि १६ गते सम्म बुक क्लोज गर्ने भएको छ ।जस अनुसार भाद्र ३१ गते सम्म कारोबार भई नियमानुसार शेयर नामसारी भई आएका शेयरधनिले सो सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्ने छन ।   





सम्बन्धित समाचार