२४ भाद्र २०७८, बिहीबार   187 पटक हेरिएको


image

सिक्लेस हाईड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ)  निष्कासन गर्ने भएको छ । हाईड्रोपावर कम्पनीले  आयोजना प्रभावित स्थानीय तथा सर्व-साधारणको लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २० लाख कित्ता  शेयरको २० करोड रुपैया बराबरको आईपीओ निष्कासन गर्दैछ ।

कम्पनीले साधारण शेयर ( IPO) निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्ने जनाएको छ । शेयर जारी गर्न उक्त कम्पनी र बिओके क्यापिटल मार्केट बिच सम्झौता भएको छ ।

हाल कम्पनीले कास्की जिल्लाको मादी गाँउपालिका -१ मा अवस्थित १३ मेगावाट बिधुत उत्पादन गरिरहेको छ । आबश्यक सम्पूर्ण प्रकिया पूरा गरेर कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निबेदन दिएर स्वीकृत पाएपछि आईपिओ जारी गर्ने भएको छ ।





सम्बन्धित समाचार