२४ भाद्र २०७८, बिहीबार   354 पटक हेरिएको


image

मोदी इनर्जी कम्पनी लिमिटेडले साधारण सेयर (IPO)  निष्कासन गर्ने भएको छ । इनर्जी कम्पनीले आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणको लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ४२ लाख कित्ता  शेयरको ४२ करोड बराबरको शेयर निष्कासन गर्दैछ ।

कम्पनीले साधारण शेयर ( IPO) निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्ने जनाएको छ । कम्पनीको साधारण शेयर (IPO)लाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘डबल प्लस’ रेटिङ प्रदान गरेको छ ।

यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रहेको संकेत गर्दछ ।





सम्बन्धित समाचार