PalikaExpress
२३ भाद्र २०७८, बुधबार
829 पटक हेरिएको

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्त वित्तीय संस्थाको भाद्र २२ गते बसेको सञ्चालक समितिको २२३ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट लघुवित्त संस्थाका शेयरधनीहरूलाई २५ % बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ । यस लघुबित्तले जनकपुर लघुबित्त बित्तीय संस्था लि.लाई प्राप्ति गरी मिति २०७७.०६.२५ गते देखि एकिकृत कारोबार समेत शुरुवात गरिएको हुंदा घोषित लाभांश रकममा कर नलाग्ने जनाएको छ ।