२३ भाद्र २०७८, बुधबार   210 पटक हेरिएको


image

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांश सुरक्षित गर्ने आज भाद्र २३ गते अन्तिम दिन रहेको छ ।

दुवै म्यूचुअल फण्ड १ र २ ले लाभांश वितरण गर्ने प्रयोजनका लागि भोली भाद्र  २४ गते एक दिनका लागि बुकक्लोज गर्ने घोषणा गरेका छन् ।

त्यस कारण भाद्र २३ गते सम्म नेप्सेको प्रणालीमा कारोबार भई प्रचलित कानून बमोजिम तोकिएको समयाबधि भित्र नामासारी भएका ईकाईधनिहरुले उक्त लाभांश प्राप्त गर्न सक्ने छन ।

सिटीजन्स  बैंक इन्टरनेशनल ली बाट प्रबर्धंन गरिएको तथा सि.बि.आई .एल क्यापिटल ली बाट ब्यबस्थापन तथा संचालित गरिएको सिटीजन्स म्यूचुअल फण्ड १ र २ ले आ.ब. २०७७/०७८ को आफना इकाईधनीहरुलाई ४० प्रतिशत (कर सहित) दरले नगद लाभांश बितरण गर्ने योजना ब्यबस्थापकको संचालक समितिको निर्णय भएको छ ।





सम्बन्धित समाचार