PalikaExpress
२२ भाद्र २०७८, मंगलवार
397 पटक हेरिएको

सनराइज बैंक कोष प्रबर्धक तथा सनराइज क्यापिटल लि. योजना ब्यबस्थापक तथा डिपोजटरी रहेको सनराइज फर्स्ट म्युचुअल फण्डले आज भदौ २२ गते मंगलवार देखि नगद लाभांश इकाईधनीहरुको बैंक खातामा पठाउने भएको छ।

फण्डले लाभांश वितरण प्रयोजनार्थ भाद्र १६ गते बुक क्लोज गरेको थियो। यस अनुसार भाद्र १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।
सनराइज फर्स्ट म्युचुअल फण्डले हितग्राही खातामा बैंक खाता अध्यावधिक भएका इकाईधनीहरुको खातामा सो लाभांश पठाउनेछ। यस म्युचुअल फण्डले आर्थिक वर्ष २०७७/०७८ को लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने घोषणा गरेको ५०% नगद लाभांश बैंक खातामा जम्मा गर्न लागेको हो।