२१ भाद्र २०७८, सोमबार   3568 पटक हेरिएको


image

नबिल बैंक कोष प्रबर्धक , योजना ब्यबस्थापक नबिल इन्भेस्टमेंट बैंकिंग लिमिटेडले नबिल म्यूचुअल फण्ड अन्तर्गत “नबिल ब्यालेन्सड फण्ड -३” नामक बन्दमुखी म्युचुअल फण्ड यही भाद्र २५ गते बाट खुल्ला गर्ने भएको छ।

यस योजना बन्द छिटोमा भाद्र २९ गते र ढिलोमा असोज ८ गते सम्म रहेको छ। यस म्युचुअल फण्डले १० रुपैयाँ अंकित दरका १० करोड़ कित्ता सार्बजनिक रुपमा बिक्रीका लागि खुल्ला गर्न लागेको छ ।

उक्त निष्काशन गर्न लागेको कित्ता मध्य १४ प्रतिशत १ करोड़ ४० लाख कित्ता कोष प्रबर्धक कम्पनी नबिल बैंक तथा १ प्रतिशत कित्ता १० लाख कित्ता योजना ब्यबस्थापक नबिल इन्भेस्टमेंट बैंकिंग लि.ले सुरक्षित राखी बाँकी ८ करोड़ ५० लाख कित्ता   बिक्री तथा निष्काशन गर्न लागेको हो।

लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम १ करोड़  कित्ता सम्मको लागि आबेदन दिन सक्नेछन।योजना ब्यबस्थापक नबिल इन्भेस्टमेंट बैंकिंग लि. फण्ड म्यानेजर रहेको “नबिल ब्यालेन्सड फण्ड -३” नामको बन्दमुखी फण्डले १० करोड़ कित्ता निश्कासनको अनुमति नियामक निकाय नेपाल धितो पत्र बोर्डबाट यही साऊन २९ गते निष्काशनको अनुमति पाएको थियो।





सम्बन्धित समाचार