२१ भाद्र २०७८, सोमबार   140 पटक हेरिएको


image

एनएमबी बैंकको सहायक कम्पनीको रुपमा रहेको एनएमबी क्यापिटलले  “एनएमबी सरल बचत फण्ड ई” नामक खुल्लामुखी म्युचुअल फण्ड गत भाद्र १७ गते बिहीबारबाट खुल्ला गरेको योजना आज भाद्र २१ गते बैंकिंग समय पश्चात बन्द हुने भएको छ।

यस योजनामा आबेदकहरुबाट माग गरिएको भन्दा बढ़ी ईकाई खरीदको लागी आबेदन प्राप्त भएकोले आज बाट बन्द हुने क्यापिटलले जनाएको छ ।

यस म्युचुअल फण्डले १० रुपैयाँ अंकित दरका १० करोड़ कित्ताको  ४० प्रतिशत (४ करोड) प्रथम चरणमा सार्बजनिक रुपमा बिक्रीका लागि खुल्ला गर्न लागेको छ ।उक्त निष्काशन गर्न लागेको कित्ता मध्य १४ प्रतिशत १ करोड़ ४० लाख कित्ता कोष प्रबर्धक कम्पनी एनएमबी बैंक तथा १ प्रतिशत कित्ता १० लाख कित्ता एनएमबी क्यापिटलले सुरक्षित राखी बाँकी २ करोड़ ५० लाख कित्ता   बिक्री तथा निष्काशन गर्न लागेको हो।लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम ४० लाख कित्ता सम्मको लागि आबेदन दिन सक्नेछन।

एनएमबी क्यापिटल लिमीटेड फण्ड म्यानेजर रहेको ‘एनएमबी सरल बचत फण्ड–ई’ नामको खुल्लामुखी फण्डले १० करोड़ कित्ता निश्कासनको अनुमति नियामक निकाय नेपाल धितो पत्र बोर्डबाट यही साऊन २२ गते निष्काशनको अनुमति पाएको थियो।

एनएमबी क्यापिटलले यो भन्दा अघि  ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड-१’, एनएमबी हाइब्रीड फण्ड एल-१’ र ‘एनएमबी फिफ्टी’ नामक म्युचुअल फण्डहरु हाल संचालनमा रहेका छन् । 

लगानिकर्ताले एनएमबी क्यापिटल नागपोखरी काठमाण्डौ ,नेपाल धितो पत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सि -आस्वा सदस्य बैंक तथा बित्तीय संस्था र मेरो शेयर एप,तथा पोर्टलबाट पनि आबेदन दिन सक्ने छन ।





सम्बन्धित समाचार