१३ कार्तिक २०७७, बिहीबार   1894 पटक हेरिएको


image

नेपाल सरकार गृह मंत्रालय अंतर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ।

राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा एक सय जना कर्मचारीका लागि गृहले दरखास्त आह्वान गरेको हो। सूचना तल उल्लेख गरिएको छ ।

इच्छुकले आजदेखि १५ दिनभित्रमा दरखास्त फारम भर्न सक्नेछन्।

लिखित परीक्षा भने मंसिर १३ गते हुनेछ। ईच्छुक आबेदकले         http://application.donidcr.gov.np मा गई user ID create गरि अनलाईन फर्म भरी बुझाउन सक्ने छन ।


आवेदन दिन पैसा लाग्दैन। १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्ने विभागले निकालेको सूचनामा उल्लेख छ।

दरखास्त दिनेको योग्यता प्लस टु पास गरेको हुनुपर्नेछ। काम गरेको दिनको एक हजार दुई सयका दरले पारिश्रमिक उपलब्ध गराइने विभागको भनाइ छ।





सम्बन्धित समाचार