PalikaExpress
२० भाद्र २०७८, आईतवार
360 पटक हेरिएको

मञ्जुश्री फाईनान्स कम्पनी लिमिटेडले भाद्र १५ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको संस्थापक समूहको शेयरमा आवेदन दिने आज भाद्र २० गते अन्तिम दिन रहेको छ ।

यस फाईनान्स कम्पनीले संस्थापक समूहको ९,१८७ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।उक्त लिलामी शेयरको न्यूनतम मूल्य प्रतिशेयर ३ सय रूपैयाँ तोकिएको छ ।
लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्यमा बोलकबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ ।ईच्छुक लगानीकर्ताले न्युनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सबै शेयर कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यस लिलामी शेयरको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। ईच्छुक लगानीकर्ताहरुले एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौमा आईपुग्ने गरी आवेदन दिन सक्नेछन् ।