
सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १५ औ वार्षिक साधारण सभा आज भाद्र १८ गते भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।
सभामा सञ्चालक समितिको तर्फबाट कम्पनीका अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू तथा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डाहरू छलफल गरी पारित गरिएको छ ।
सभामा कम्पनीको २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०% बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।
यसका साथै, सभामा हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिएको छ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको २:१ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको थियो ।