PalikaExpress
१९ भाद्र २०७८, शनिबार
331 पटक हेरिएको

आइएमई जनरल इन्सुरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा यही भाद्र १७ गते निवेदन पेश गरेको छ ।कम्पनीले हाल कायम चुक्ता पुँजीको १ अर्ब १५ करोड ७६ लाख रूपैयाँको ४०% हकप्रद शेयर निष्कासन गर्नको लागी निबेदन दिएको हो ।

कम्पनीले १०:४ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सो हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीको २३औँ वार्षिक साधारण सभाले ४०% हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरीसकेको छ ।