१८ भाद्र २०७८, शुक्रबार   352 पटक हेरिएको


image

अहिले शेयर बजार यी विभिन्न ५ कम्पनीहरु पनि हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निबेदन पेश गरी अनुमतिको पर्खाइमा बसेका छन्।यी कम्पनीहरुले नियामक निकायबाट बोर्डको अनुमति प्राप्त गरे पश्चात यी कम्पनीहरुले आफ्ना शेयरधनीहरुमा शेयर निष्कासन गर्ने छन ।नेपाल धितो पत्र बोर्डमा हकप्रद सेयर निष्कासन तथा स्वीकृतिका लागि  अनुमति प्राप्तको लागी बसेका छ ति कम्पनीहरू यस प्रकारका छन ।

१.समृद्धि फाइनान्स कम्पनी लिमिटेड

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २:१ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गर्न साउन १५ गते नेपाल धितो पत्र बोर्डमा निवेदन पेश गरेको छ । यस फाइनान्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि बिओके क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

.शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले १०:३ को अनुपातमा शेयर निष्काशन गर्ने भएको हो।यस   इन्स्योरेन्स कम्पनीले ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न गत जेठ २५ गते नेपाल धितो पत्र बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

. छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड

छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले १०:३ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको हो । प्रतिकित्ता १०० अंकित दरका हाइड्रोपावर कम्पनीले ८ लाख ९३ हजार २५ कित्ता सेयरको ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको निष्कासन गर्न गत  वैशाख १५ गते नेपाल धितो पत्र बोर्डमा निवेदन दिएको छ । यस कम्पनीको हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ।

.कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले १:१.५ अनुपातमा हकप्रद निष्कासन गर्ने भएको छ । यस कम्पनीले ३० लाख कित्ताको ३० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न गत  पुस २६ गते बोर्डमा निवेदन दिएको थियो । बैंकले हकप्रद निष्कासनका लागि सिभिल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

५.नारायणी डेभलपमेन्ट बैंक लिमिटेड

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १:१ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद निष्कासन गर्न गत असार ४ गते नेपाल धितो पत्र बोर्डमा  निवेदन पेश गरेको छ ।यस बैंकको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 





सम्बन्धित समाचार