१८ भाद्र २०७८, शुक्रबार   490 पटक हेरिएको


image

आज भाद्र १८ गते बाट सामलिङ्ग पावर कम्पनी लिमिटेडले साधारण शेयर बिक्री खुल्ला तथा निष्काशन गर्ने भएको हो । सामलिङ्ग पावर कम्पनी लिमिटेडले गत साउन २२ गते देखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्कासन तथा बिक्री खुल्ला गर्ने भनिएको शेयर बढ्दो कोभिड-१९ को संक्रमणका कारण स्थगित गरेको थियो।

साधारण शेयर कम्पनीले  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख कित्ताको  ५ करोड रूपैयाँ बराबरको साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

ईलाम जिल्ला भरीका आयोजना प्रभाबित क्षेत्रका बासिन्दालाई ३ लाख र अति प्रभाबित स्थानीय ईलाम नगरपालिका वडा.न. ८ र १० र माईजोगमाई गाऊपालिका वडा.न. ४ र ५ का स्थानीयलाई २ लाख कित्ता निष्कासन तथा बिक्री गर्न लागेको हो ।लगानिकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागी आबेदन दिन सक्ने छन।

यस धितोपत्र छिटोमा असोज १ गते र ढिलोमा असोज १७ गते सम्म आबेदन दिन सक्ने छन ।लगानीकर्ताले नेपाल एसबिआई बैंक ,सिद्धार्थ बैंक ,लक्ष्मी बैंक,एनमबि बैंक ,सिभिल बैंकहरुको ईलाम शाखा रहेका बैंकबाट फारम बुझाउन सक्ने छन  तथा नेपाल धितो पत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका बैंक तथा बित्तीय संस्थाबाट आबेदन दिन सक्ने जनाएको छ ।

कम्पनीको साधारण शेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा  नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ  ।





सम्बन्धित समाचार