१३ कार्तिक २०७७, बिहीबार   336 पटक हेरिएको


image

 कोरोना भाइरस संक्रमण तीव्र  गतिमा बढे पछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पुनः देशभर लकडाउन घोषणा गरेका छन्। बिभिन्न संचार माध्यमका अनुसार शुक्रबारदेखि लागू हुने गरी नोभेम्बरको अन्त्यसम्म लकडाउन हुने भएको हो।


नयाँ व्यवस्थामा अत्यावश्यक काम र स्वास्थ्य सम्बन्धी कामबाहेक अन्य काममा मानिसलाई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। त्यस्तै रेस्टुरेन्ट तथा बारहरू बन्द हुनेछन्। भौतिक दूरी कायम राखी विद्यालय र उद्योगहरू भने खुल्नेछन्।

फ्रान्समा बुधबार अप्रिल महिना यताकै सबभन्दा बढी दैनिक संक्रमित देखिएका थिए। बुधबार ३६ हजार ४३७ नयाँ संक्रमित भेटिएका थिए। त्यस्तै २४४ संक्रमितको ज्यान गएको थियो।

यसैबीच जर्मनीले पनि रेस्टुरेन्ट तथा जिम लगायतका सार्वजनिक व्यवसायहरू बन्द गर्न सक्ने समाचारमा बताइएको छ।





सम्बन्धित समाचार