
विगतका दसैंमा यातायात व्यवसायीले भाडा वृद्धी लगायतका मुद्धा उठाएर सरकारसगँ वार्गे निङ गरेका थिए। यो वर्ष भने यातायात व्यवस्था विभाग र यातायात व्यवसायी दुवै पक्ष अग्रिम टिकट नखोल्ने मन स्थितीमा छन्।धेरै यात्रु उपत्यका बाहिरै रहेको र धेरै यतै बस्ने सम्भावना भएको कारण अग्रिम टिकट खुलाउनु नपर्ने भएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुषालले जानकारी दिए। पुरा समाचारको लागी तल थिच्नुस‘विगतका वर्षमा दसैंको समयमा २०/२५ लाख यात्रु उपत्यकाबाट बाहिरिन्थे।
तर यो वर्ष ४/५ लाख मात्रै बाहि रिन्छन् भन्ने हाम्रो आकलन छ। यदि जाने यात्रुको संङ्ख्या बढ्ने देखिए घ’टस्थापनाको दिनबाट खोल्छौँ,’ उनले सेतोपाटीसगँ भने।सरकारले नै यथास्थानमा दसैं मनाउन आग्रह गरिरहेको स्थितीमा अग्रिम टिकट खुलाउनुको औचित्य नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताए।
‘हाम्रा ५० प्रतिशत गाडी मात्र चलेका छन्। ती गाडी पनि खालि गुडिरहेका छन्। त्यसैले अग्रिम टिकट खुलाइ रहनु पर्दैन,’ उनले सेतोपाटीसगँ भने। व्यवसायीहरु अझैपनि अन्यौलमै भएकोले भोलिको दिनमा हुने परिस्थितीले अग्रिम टिकटको टुङ्गो लगाउने उनले बताए। ‘अहिले काठमाडौमा विशेष काम नभएकाहरुलाई हामी आज भोलि नै घर जान आग्रह गर्छौ। बाकीँ रहेकाहरुलाई नियमित गाडीमै पुर्याउन सक्छौ,’सिटौलाले भने।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **