१७ भाद्र २०७८, बिहीबार   167 पटक हेरिएको


image

नेपाल स्टक एक्सचेञ्जमा बिहीबार २ वटा बैंकको ३२ लाख ५० हजार कित्ता ऋणपत्र सूचिकृत भएको छ । लक्ष्मी बैंकले  गत असार २८ गते सोमबारबाट २० लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो ।

सो ऋणपत्र “८.५ प्रतिशत लक्ष्मी बैंक डिबेञ्चर २०८८” नामक ऋणपत्र सूचिकृत भएको हो । त्यसै गरी गत साऊन ७ गते बाट निष्काषित मुक्तिनाथ बिकाश बैंकको “८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर २०८४/८५” को १२ लाख ५० हजार कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो ।

यो ऋणपत्र अबधि ७ बर्ष को रहेको छ । यो ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।





सम्बन्धित समाचार