१७ भाद्र २०७८, बिहीबार   369 पटक हेरिएको


image

तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि भाद्र ९ गते देखि १३ गते सम्म शेयर बिक्री निष्कासन गरेको थियो ।यस कम्पनीको शेयरमा आबेदन २३ लाख ९६ हजार ३ सय ४८ जना आवेदकले ३ करोड़ १२ लाख ४६ हजार ९ सय १० कित्ताका लागि आवेदन दिएका छन् ।

यो आवेदन सर्वसाधारणका लागि माग गरिएको भन्दा ४२ गुणा बढी हो ।पावर कम्पनीले सर्व-साधारणहरुका लागि ८ लाख कित्ताको ८ करोड रुपैयाँ बराबरको शेयरको बिक्री खुल्ला गरेको हो ।

जसमध्ये ५% अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २% अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्व-साधारणलाई छुट्याइएको छ।

यस कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेको छ।यस कम्पनीको सर्बसाधारणलाई निष्काशन गरेको शेयरको आबेदनको भेरिफाईको काम भईरहेकोले अबको केही दिन पछि बाड़फाड़ हुने जनाएको छ ।

यस कम्पनीको शेयर जम्मा १० कित्ताको दरले पनि भाग्यमानी  ७४ हजार ४ सय जनाले प्राप्त गर्ने छन भने बाँकी २३ लाख ३० हजार भन्दा बढ़ीको हात खाली हुने पक्का नै रहेको छ ।





सम्बन्धित समाचार